मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

"मेरो दादाको हुने बाला ज्वाइँ, अनि किस गरेको स्टिकर।"

म्यासेज त पढे तर रिप्लाई को लागि कुनै शब्द भेटिन, किन किन मन रमायो तर म डराएँ किन थाहा भएन।। त्यस्तै ५ मिनेट पछि डरायरै भएपनि पानको पात रिप्लाई गरे, जति वेला सम्म उ अफ भै सकेकि थिई।।



उसको आगमन थियो यो पहिलो, 

मेरो जिन्दगीमा ।।।।

Photo sources: Instagram 


ऊ अफ् भै सकेकी थिई, तर मेरो मनमा अनौठो नोटिफिकेसनको घण्टी बजाएर। जसलाई मैले न त भुल्न सकेको थिएँ न त इग्नोर गर्न नै। अब मेरो दैनिकी बनेको थियो बिहान उठे पछि म्यासेजको च्याट बक्समा मुस्कानको मुस्कानलाई खोज्नु। उ कहाँ गै मलाई अधुरो सपनामा रुमाल्याएर, मेरो मनको कुनामा कतै मायाको घण्टी बजाएर, कहाँ गै सिर्फ मलाई तड्पाएर।

अब उसैलाई कल्पन थाल्ने भएको थिएँ, उसैको यादमा तड्पन थाल्ने भएको थिएँ, गित गजल हर सबै मा उसैको बर्णन गर्थें। उसको हाँसो मा लुकेको कन्चनता अनि गाजलुहरुले सजिएका आँखाहरुको नसामा चुर्लुप्त थिएँ म, आफ्नो बास्तबिकता भुली, यो संसार बाट आँफुलाई अलग्याई।।

अाज सायद उसको म्यासेज पढ्न नपाएको पनि १ महिना बढी बितिसकेको थियो। किन हराई उ अकस्मात, किन आई उ त्यस्तो निठुर मन थियो भने मेरो कोमल मनमा बसाइँ सर्न। मैले यो महिना सायद त्यस्तो कुनै दीन काटेको छैन कि मैले उसको profile खोलेर नहेरेको होस् किन किन त्यस ID को नाम yours someone सायद मै हो कि भन्ने लागि सकेको थियो । एउटा छुट्टै सपना बुनी सकेको थिएँ, someone बाट someone special सम्मको यात्रा जहाँ म एक्लै हिडी रहेको थिएँ। उसको साथ त थिएन त्यो मेरो यात्रामा तर उ म बाट कहिल्यै छुटीईन, कहिले आभास बनेर त कहिले मैले पल पल फेर्ने सास बनेर, अन्जानमै उ खास बन्न पुगेकी थिई, समय बित्यो सँगसँगै उसले छरेको सानो बिज मायाको अंकुरण भई झ्याम्मीन थाली सकेको थियो मेरो मन चित्र भित्रै।।

समय बित्दै गयो लाग्न थाल्यो कि, सायद उसको पहिलो आगमन नै अन्तिम थियो मेरो जिवनमा……

उ बिना हर पल राम्रो लाग्न छाडिसकेको थियो, हजारौं को भिडमा पनि म एक्लिएको थिएँ, फेसबुकको वालहरुमा sad status अनि दुखी emoji हरुले सजिएको थियो, सायद चुरोट धेरै खाएर होला ओठहरु पनि काला हुँदै गएका थिए। सधै कोठामा बिरहका गीतहरु
बज्नु सायद त्यो नै दैनिकी बन्दै थियो, कुनै पलहरु प्रेमगीतहरुमा उसको छनक पाउने म, आज भोलि हर बिरह विछोडको गितहरुमा उसलाई भेट्न थालेको थिएँ। हर सपनाहरुमा उसलाई सम्झदै रोएको हुन्थेँ, जसरी अहिले रोइरहेको हुन्छु।।

साय पनि कत निठुर न त अघि बढ्छ न त मलाई त्यो एक्लो पनबाट निकाल्न नै सक्छ। भित्तामा टाँगिएको क्यालेन्डरको पाना फेरिए, नयाँ महिना गए तर म अझै त्याहा नै थिएँ। एक बाटो बिराएको बटुवा जस्तै गोल गोल घुमिरहेका थिएँ, उहीँ someone को यादमा……

आज उसको म्यासेजको प्रतिक्षामा दिन काटेको पनि ३ महिना भै सक्यो, hi/hello त के love symbol seen भएको पनि थिएन।
रात ११:३० भै सकेको थियो, फेसबुकका वालहरुमा भुल्ने कोसिसमा ब्यस्त थिएँ। अकस्मात म्यासेज आयो आज ३ महिना पछि। पानको पतको सट्टा पानको पात नै रिप्लाई आएको थियोे तर फरक यत्ति थियोे कि उसको पानको पात बाँडले बारपार भएको थियो। मैले यो म्यासेजको अर्थ खोज्दै थिएँ , तत्कालै म्यासेज आयो।

"मायामा पीडा हुन्छ रे मनसुन, मन दुख्छ रे बाँडले छेडे जस्तै।"

तर उसलाई के थाहा यो बाँडले छेडिनुको पिडा भन्दा कयौं गुणा पीडा भयको थियोे उसको पर्खाइमा, यो कुरा भन्न मन थियोे तर मैले भन्न सकिन बदलामा म्यासेज लेखेँ…

"कता हराएको तिमी, I really missing you."

"हेर्नुस न त्यो दिन ढिला भै सकेको थियोे त्यसै निदाएछु, अनि भोलिपल्ट बाटै exam थियो, so अन आउन पाईन sorry la हजुरलाई नराम्रो लाग्यो होला।"

sorry la हजुरलाई नराम्रो लाग्यो होला।। यो म्यासेज ले त मलाई त्यो पर्खाइको पीडा भन्दा पनि हजार गुणा पीडा दिएको थियो। जसको लागि आँफुलाई देबदाश बनाएँ उसैलाई मेरो कोही आभाष नै छैन रहेछ। दुख लाग्यो आफैलाई आफ्नो पारा देखि दया लाग्यो आँफै सँग।।

"No problem, म को नै पो थिएँ र तिम्रो माफि माग्नु पर्ने।"

"म तपाईंलाई त्यो दिन केही भन्ने सोचमा थिएँ तर त्यसै भयो, हामी बोल्न नपाएको पनि त ३ महिना भै सकेछ।"

"तिमी त कस्तो कठोर मेरो मनमा मायाको बिज रोपी गायब हुने।"
हिम्मत गरेर यति लेखेँ अनि send पनि, डर थियो उसले के भन्ने हो प्रति उत्तरमा

उसले sad emoji send गरि, अनि मेरो मनको कुरा हजुरले नै गर्नु भयो अब मलाई सजिलो हुने भयो कुरा गर्न।

लौ मैले के कुरा भने त्यस्तो उसलाई सहज हुने कुरा, सोच्दै थिए।
फेरि उनले म्यासेज गरीन्

"मेरो दादालाई साँच्चिकै ज्वाइँ बनाउनु हस्, I love you soo much."

यो म्यासेज ले मलाई आकाशमा उडाएको थियो, म एक्लै हिडेको यात्रामा उ पनि सँगै थिई तर बाटो फरक थियो। उ पनि अन्जानमै म सँग बाँधिएकी थिई मेरो सपनामा, मेरो जिन्दगीमा।।

म के भनौं केही सोच्न सकिन अनि स्माईलको emoji र लबको स्टीकर सेन्ड गरें।

उसले रिप्लाई गरि………

"मैले हजुरलाई पहिलो नजर बाट नै मन पराउन थाली सकेकी थिएँ, मलाई थाहा थियोे तपाईं कुनै रिलेसनमा हुनुहुदैन भनेर। जुन कुरा मैले दाइ मार्फत थाहा पाई सकेकी थिएँ। त्यो पहिलो नजरमा नै हजुर सँग यस्तो एउटा साइनो गाँसिएको थियो कि मैले हजुर सँगै का सपनाहरु सजाउन थाली सकेको थिए। सँगै मर्ने सँगै बाँच्ने हरु।। सायद हजुरलाई याद छ होला मैले पहिलोपटक पठाएको हजुरको फोटो जुन मैले पछाडि बाट खिचेकी थिएँ हजुरले थाह नपाउने गरि। म त्यो फोटो हेर्दै हजुरलाई कल्पिन्थे। कति पल हजुर कल्पना बाट उत्रेर मेरो सामिप हुन पुग्नु हुन्थ्यो। म आँफै सँग खुब लजाउँथे अनि हत्केलाहरुले मुहार छुपाउने प्रयास गर्थें। म त्यो दिन हजुरको लागि नै सजिएको थिए लगभग १घण्टा लगाएर। थाहा थियो हजुरले हेरीरहनु भएको छ, त्यसैले लाज छोप्नलाई म झन् धेरै नाचे झन् धेरै हाँसे।।"

मलाई यो कुराहरु पढ्दा साँच्चिकै उसको निर्मल निश्चल प्रेमको आभास भयको थियो, उसलाई अझै प्रेम गर्न थालेको थिएँ, त्यो मध्य रातमा पनि मेरो ओठहरुमा सजिएकी थिइ मेरी मुस्कान………

"जब मामुले हजुरलाई खाना खन उठाउन भनेर मलाई नै भन्नू भएको थियो कसम म धेरै खुसी भएको थिएँ, आयर हजुरलाई झ्यालबाट धेरै बेर हेरेँ, कस्तो निस्चल देखिनु भएको थियो हजुर। कल्पनामै हजुरको निधार चुम्न पुगेछु। झ्यालमा आफ्नो निधार ठोकिदा पो चाल पाएँ। अनि हजुरलाई आवज दिएँ डराउदै अनि लजाउदै ढोका ढकढक्याएँ। केही पलमै हजुरलाई आफ्नो सामिप्यतामा पाएँ, जुन पल म कति लजाएँको थिए त्यो सिर्फ मलाई थाहा छ। हिम्मत गरेरै मैले हजुर समक्ष मैले आफ्नो मनको कुरा राख्ने कोशिस गरेको थिएँ, खै हजुरले बुझ्नु भयो या भएन थाहा पाउन सकिन। जब मैले हजुरलाई दादाको हुनेवाला ज्वाइँ सम्बोधन गरेँ नी भगवान् कसम मैले केही कुरा देखिकी थिइन, सबै संसार अँध्यारो भएको थियो सायद डर, त्रास अनि लाजले थियो कि कुन्नि। अनि म अन्दाज मै आँखै नहेरी आफ्नो कोठामा एक्लै लजाउँदै बसिरहे।"

"बिबाह पछिको दिन, त्यो दिन हजुर फर्कनु पर्ने थियो मलाई छुट्टै पीडा थियो न त म हजुर गएको हेर्न सक्थे न त हजुर बिना नै रहन सक्थे त्यसैले भाउजुको कपडा लिन जाने बाहनाले हजुरबाट टाढा भएको थिएँ। जुन मेरो बाध्यता थियो चाहना होइन।"



उसले यति कुरा लेख्दा उसको अबस्था कस्तो थियो यो कल्पना गर्न सकिन तर मेरो अबस्था पहिले जस्तो पक्कै थिएन म पुरै मायाले अझ भनौ उसको मायामा बहेको थिएँ उसले मलाई यति माया गरेर पनि बाध्यता ले नै टाढा रहेकी थिई। कति गाह्रो भयो होला……
उसको अगाडि आँफुलाई कमजोर ठान्न पुगेको थिएँ। उ मायाको सागर थिइ म त्यो सागरमा डुङ्गा खियाउने सिर्फ एक माझी, उसको मायाको साहाराले उसैको दिलमा उत्रने प्रयासमा थिएँ।

म उसको प्रेममा हराउँदै जाँदा म्यासेज रिप्लाई गर्नै भुलेछु।

"निदाउनु भयो कि के हो।"

"छैन, रिप्लाई को लागि शब्द नै भेटीन। thank you xoo much मलाई एती धेरै माया गरेकोमा मेरी मुस्कान, love you too."

यो म्यासेज टाईप गर्दा हात हरु कामेका थिए, सायद सबै भन्दा ठुलो सपना पूरा हुँदै थियो। लाग्यो कि उनै मेरो काहनीको मुख्य पात्र बन्न पुगेकि थिई, म सँगै जोडीएर।।

"good night my dear सुत्नुस् ल रात धेरै भै सक्यो भोलि कुरा गरौंला।" भनी अन्यमा उसले फोन नं छाडेकि थिई ९८*******3

घडी हेरे सायद १:०० बज्दै थियो, सायद मन खुसी भएर होला आँखामा निन्द्रा थिएन अनेकौं सपनाहरु सजिन पुगेका थिए।

उसले good night भजे पछी मैले पनि रिप्लाई गरेँ मन नहुदा नहुदै पनि

"good night my dear, have a sweet dream"

यस्तो गाह्रो सँग त उनको माया पाएको थिए मलाई निन्द्रा पो के लाग्थ्यो र आँखा बन्द गरेँ निदाउन तर उसैको मुहार सामु नाचिरहे। खै किन अनायासै उनको नंम्बर डायल गर्न पुगेछु।

"हेल्लो"
म झस्किएँ।।
"हे..ल्लो"
"सुत्नु भएको छैन"
"तिम्रो बोली सुन्ने मन भयो त्यसैले गरेको, आज मेरो सपना पूरा भएको दिन निन्द्रा त के लाग्थ्यो र।"
"मेरो पनि त सपना पूरा भयो नि।"
"सुत्न खोज्छु सिर्फ तिमीलाई मात्र देखिरहन्छु आँखा चिम्लिदा पनि।"
"है सायद माया भन्ने चिज यस्तै होला, अब सुत्नु पर्छ ल भोलि कलेज छिटो जानू छ practical छ।"
"हस्, good night my dear have a sweet dream."
"good night, राम्ररी सुत्नुस् ल।"
"हस् बाई"
"बाई"

मलाई निन्द्रा त किन लाग्थ्यो र, बिछोडको गित घन्कने मेरो कोठा आज रोमान्चित देखिन्थ्यो, स्पिकरमा हिन्दी गित बजिरहेको थियोे……

"लग जा गले, कि फिर ऐ हँसी रात हो न हो...
सायद फिर से ये जनम मे मुलाकात हो न हो।"


अब हर बिहान उसको म्यासेज सँगै मेरो दीनको सुरुवात हुन्थ्यो अनि रातको गुडनाईट किस सँगै रात सुरु। यसरी नै हाम्रो प्रेमको डुङ्गा चलिरह्यो, हामी दुई त्यसमा उत्रिई रह्यौं। यसरी नै समय बित्दै गयो। उसले पनि ब्याचलर सकेकी थिई अनि मास्टर को लागि काठमाडौं आउने खबर मलाई रमाउदै सुनाएकी थिई।

अब उसको सपनाको यात्रा सुरु भएको थियो। उसको भबिस्यको तर्फ, मेरो बस्तीको तर्फ।।।

मास्टर ज्वेन भई master in professional accounting subject लिएर। हाम्रो भेटघाट भै रहेको थियोे, सुख दु:ख साटीरहेका थियौं। हामी एती खुसी थियौं कि संसार सारालाई भुलेर हामी एकअर्कामा हराउने भै सकेका थियौं।
बिस्तारै बिस्तारै हाम्रो प्रेम उसको दाइले थाहा पाई सकेको थियो, अझ भनौ उसले स्विकार गरिसकेको थियो। उसले मलाई ज्वइ भन्थ्यो मैले जेठान। हामी धेरै खुसि थियौं हाम्रो परीवार बाट पनि हाम्रो प्रेम स्विकार भै सकेको थियो। बिवाहको मिति पनि फिक्स भयो, यो सालको राम नवमीको दिन।
हाम्रो बिवाहा को तयारी भब्य रुपमा हुन थाली सकेको थियो। यो बिचमा हामी यति धेरै ब्यस्त हुन पुग्यौं कि हाम्रो कुरा मुस्किलले रातमा हुन पाउथ्यो। रातभर अनौठा सपना बुन्थि उ अनि म त्यस सपनामा रङ्ग भर्ने गर्थें, यस्तै यस्तै कुरा गर्दा गर्दै हामी निदाउथ्यौ। अनि फेरि दिन सुरु हुन्थ्यो उसैको बोलीबाटै, अनि सँगै सुरु हुन्थ्यो हाम्रो जिवनको अनौठो सपना हरु सँगैको हाम्रो सफर। उसको र मेरो सफर।।


Photo Sources: Katha Image


तर जिन्दगी सोचे जस्तो सहज नहुदो रहेछ।।।।



त्यस पछि लेखिएका हर पन्ना हरु च्यात्तिएका थिए त्यस डायरीको। जुन आज भन्दा करिब १५ बर्स अगाडिको थियो।।

उसले त्यो कहानी पढ्दै थिई तर समाप्ति बिनाको काहनी। जहाँ कहिले उसले स्वयंम आफुलाई पाउँथि त कहिले साँच्चिकै त्यही कहानीको अधुरी पात्र उसको समीप उभिएको पाउँथी।

उसको बिवाहा भएको १५ बर्स पछि उसले त्यो डायरी पाएकी थिइ, जुन डायरीमा एउटा अधुरो कहानी थियोे जसका केही पन्नाहरु च्यात्तिएको थियोे। के थियोे त कहानी उनिहरुको किन आज मुस्कानलाई किन बिरहको गित गजलमा सजाउदै छ मनसुन।। आखिर उसको काहानी परिवारबाट मानिएको थियो र पनि किन अधुरो थियो। त्यस पछि के भयो त आज किन मनसुन उसैको मनसुनलाई सम्झदै जिन्दगी मुस्कान बिना नै जिउँदै छ।

यस्तै धेरै कुराहरु खेलिरहेको थियो उसको मनमा,अकस्मात ढोका खुल्यो। उसले त्यो डायरी तन्ना मुनि लुकाउन भ्याई सकेकी थिई।।

"उफ् कस्तो गर्मी एक गिलास पानी लेउ न कन्चन।"

उ उसको श्रिमान थियो कपाल फुल्न थालेको आँखामा चस्मा मान्छे बूढो भएपनि हाँसो ले उसलाई जवान देखाउँथ्यो सरगम लाई।।

"हस्, एकछिन अारम गर्दै गर्नुहोस्।"

श्रिमान लाई पानी पिलाई, दिन भरको थकानले होला उहाँ बिरामी जस्तै देखिनु भएको थियो त्यसैले सुत्न आग्रह गरि। उनिहरुको पनि प्रेम बिवाहा थियो। उसलाई याद छ अझै त्यो पहिलो नजरको प्रेम, त्यो पहिलो प्रेम पत्र। तर उसलाई त्यो अधुरो कहानी को अघि आफ्नो प्रेम खल्लो लागेको थियो।

उसलाई त्यो कहानी ले पिरोली रहेको थियोे, किन पन्ना च्यातियो किन अधुरो पारीयो थाहा थिएन उसलाई। उसले फेरि त्यो डायरी सिरानी बाट निकाली त्याहाँबाट एक फोटो खस्यो साँच्चिकै सुन्दर थिईन् फोटोमा जो थिईन। फोटो को पछाडि एउटा मिति थियो, जुन उसको बिवाहा थन्दा ठिक एक बर्स अगाडिको, २०५८ साल राम नवमी।।।



फोटो सँगै सानो चिठी पनि लेखिएको थियो………


प्रिय मुस्कान,

अासा छ तिमी अहिले पनि त्यसरी नै मुस्कुराई रहेकी छौ होला। आकाशको तारा जस्तै त्यो निश्चल जुन जस्तै। तिमी टाढा भएपनि म तिम्रो अात्म सँग गाँसिएको छु। म तिमी बाट टाढीएको छैन। म तिमी सँगै खुसि छु र सँगै हुनेछु पनि। मलाई थाहा छ तिम्रो मुटु कसैमा धड्किरहेको छ। हाम्रो प्रेम अमर छ, पक्कै मलाई तिम्रो साथ मिल्नेछ। म फेरी सपना सजाउने छु, तिमी र मेरो सपना। अब उसको मुटुमा तिमी धड्कनु। नाम परिबर्तन भएर के भो त आखिर मुटु तिम्रो हो। त्यो मुटुले मलाई चिन्नेछ पक्कै, तिमी ले मलाई फेरि पनि स्विकार्ने छौ पक्कै।।

तिम्रो प्रिय मान्छे,
मनसुन।।






जब उसले यो चिठी पढी , तब उसले आँफुलाई रोक्न सकिन। श्रीमानलाई अँगालो मा बाँधी अनि गालामा मिठो प्रेमको बर्सात गराई। आज उसको बुढेसकालमा प्रेम जवान भएको थियो। आज उसले आँफुले आँफुलाई चिनेकी थिई, आज उ आफ्नो गुमनाम अस्तित्व सँग परिचित भएकी थिई। उ अब त्यो चिठी को भाबना सँगै अक्षर सँग पनि परिचित थिई। जसको हातमा कसैले आज भन्दा १५ बर्ष अगाडि पत्र थमायको थियो। उसको जिन्दगीको प्रथम प्रेम-पत्र, उसले डराउँदै समायकि थिई र प्रेम स्विकार गरेकि थिई।।

photo Sources: Google



उसले त्यो प्रेम पत्रको एक लाइन बारबार पढेकि थिई, जुनले उसलाई प्रेम गर्न बाध्य गरायको थियो।।

"मलाई तिमी सँग होइन कञ्चन मलाई तिम्रो मुटु सँग प्रेम छ, म तिमी सँगै धड्किन चाहन्छु र सँगसँगै सुस्ताउन चाहन्छु।"

उ के सोच्दै थि खै आफ्नो छातिमा काटीएको दाग छुदै थिई जहाँ बाट उसको मुटुको धड्कन को अनुभव भै रहेको थियोे।।

सायद उसले यो कहानी पूरा गराउन चाहन्थि, जुन अधुरै छाडीएको थियो त्यसैले टेबलबाट कलम झिकी र नयाँ शिर्षक दिई त्यो कहानीको।।

कहानीको अलग पात्र म,
जसको गन्तव्य सिर्फ तिमी………………

Comments

Popular posts from this blog

गजल ।।

गजल।।