म कायर कि बलवान्।।।


सायद त्यो दिन म भुल्न सक्दिन।।
त्यो दिन अंहँ म कदापि भुल्न सक्दिन;
त्यो समाप्ति थियो,
मेरो बाबाको सपनाको अनि आमाको चाहनाको।।।

खै??
म आँफै कायर थिएँ या बलवान्
खै कसरी पो पलायो त्यो हिम्मत।।
म त डरपोक थिए,
जब मामुले भन्नुहुन्थ्यो !..
बाबू जा त सिरानको तलामा राखेको मकै लेरा
अनि म भन्थे नाई मलाई मुसाले खान्छ।।
है कस्तो काएर थिएँ।।।
म त्यस्तो डरपोक
तर खै आज कसरी म यस्तो भएँ
थाहै भएन म बलवान् कि डरपोक।।।

त्यहि सिरानको तलामा सुकाई राखेको पाट,
जब समाते नि मलाई आभाष नै भएन
बाबाको हातले बटारी एक बलियो डोरीको रुप लिएको बाबाको हातको फोराहरुले अनि
पसीनाहरुको थोवा थोपाले सिन्चिएको।।

म काएर होईन,
साँच्चै होइन।।।
मैले जे गरे त्यो काएरता ले सक्दै सक्दैन
अँहँ सक्दै सक्दैन,
आमाको वक्षस्थलको आड लिएर
बाबाको पिठ चढी
ती सपनाहरुको गला घोटेको छु।।
आफ्नै गलामा हाँसी हाँसी,
फन्दा हालेको म।।
सँच्चै म काएर होइन ।।
म काएर होइन।।।


मनसुन ।।।
सुन्दरबजार ०५, लमजुङ ।।

Comments

Popular posts from this blog

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

गजल ।।

गजल।।