मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। भाग २……
मेरो दादाको हुनेवाला ज्वाइँ यो शब्द फेरि दोहोर्याएँ र आँफै मुसुक्क मुस्कुराएँ।।।।।।।।।। किन किन यो शब्द निकै प्यारो लाग्न थालेको थियो………… Photo sources: Instagram बिस्तारै बिस्तारै बिवाहा पनि सकियो उसको, अनि सँगै मेरो बिदा पनि। भोलि बिहानै फर्कनु पर्ने थियोे काठमाडौ, किन किन फर्कन मन थिएन सायद उसैको मुस्कान थियो यसको कारण। तर बाध्यता थियो फर्कनु पर्ने। खै के हुन थालेको थियो मलाई सिर्फ उसैको सुन्दर मुहार आँखाको सामु आउथ्यो, झलझली म उसैलाई सम्झिरहेको हुन्थे। म पागल भएको थिएँ त्यो मुस्कानको, सायद माया गर्न थालेको थिएँ उसलाई जो सँग मेरो नाम सम्मको परिचय छैन।। खै सायद माया भन्ने चिज यस्तै हो कि सिर्फ एक झलक परबाटै हेर्दा पुग्ने, कल्पनामै अँगालोमा उनीलाई बेर्दा पुग्ने………… म हिड्नु पर्ने भयो आउने बेला साथि सँग बिदा मागेँ र फेरि पनि "Happy Married Life" भन्दै अँगालो मा बेरेँ। तर हरपल मेरा आँखाहरु तड्पदै थिए उसको एक झलकको लागि, जसको मुस्कानलाई दिलमा सजायर विदा हुँदै थिएँ। सायद मेरो तडप बुझेर होला साथिले सुटुक्क भन्यो। "बहिनी भाउजुकोमा गा की छे, कपडा लिन।&q