मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। भाग २……
मेरो दादाको हुनेवाला ज्वाइँ यो शब्द फेरि दोहोर्याएँ र आँफै मुसुक्क मुस्कुराएँ।।।।।।।।।।
किन किन यो शब्द निकै प्यारो लाग्न थालेको थियो…………
![]() |
| Photo sources: Instagram |
बिस्तारै बिस्तारै बिवाहा पनि सकियो उसको, अनि सँगै मेरो बिदा पनि। भोलि बिहानै फर्कनु पर्ने थियोे काठमाडौ, किन किन फर्कन मन थिएन सायद उसैको मुस्कान थियो यसको कारण। तर बाध्यता थियो फर्कनु पर्ने। खै के हुन थालेको थियो मलाई सिर्फ उसैको सुन्दर मुहार आँखाको सामु आउथ्यो, झलझली म उसैलाई सम्झिरहेको हुन्थे। म पागल भएको थिएँ त्यो मुस्कानको, सायद माया गर्न थालेको थिएँ उसलाई जो सँग मेरो नाम सम्मको परिचय छैन।। खै सायद माया भन्ने चिज यस्तै हो कि सिर्फ एक झलक परबाटै हेर्दा पुग्ने, कल्पनामै अँगालोमा उनीलाई बेर्दा पुग्ने…………
म हिड्नु पर्ने भयो आउने बेला साथि सँग बिदा मागेँ र फेरि पनि "Happy Married Life" भन्दै अँगालो मा बेरेँ। तर हरपल मेरा आँखाहरु तड्पदै थिए उसको एक झलकको लागि, जसको मुस्कानलाई दिलमा सजायर विदा हुँदै थिएँ। सायद मेरो तडप बुझेर होला साथिले सुटुक्क भन्यो।
"बहिनी भाउजुकोमा गा की छे, कपडा लिन।"
म त्यो कुराले दुखि त थिए नै, र पनि हाँस्ने प्रयास गरे प्रतिउत्तरमा। थाहन थिएन त्यो हाँसोमा कस्तो आभास थियोे, ओठ हाँसेको थियो मन रोहिरहेको थियो। यसरीनै बिदा भैयो लमजुङ बाट, अब अर्कै यात्रा सुरु हुँदै थियो जिन्दगीको रेसमा।।
काठमाडौंको यात्रा प्रारम्भ…………………………………
त्यस्तै ५:०० बजे मात्रै काठमाडौंमा ओर्लन सफल भएको थिएँ, त्यो थानकोटको उकालोको जाम अनि कलंकीको होहल्ला। तर कोठामा पुग्न अझै हिड्नु पर्ने थियोे १० मिजेट जति भित्र। जिउ थाकेकाले खाना नवनाउने सोचले २रारा ब्यागमा हाले अनि १ बट्टा चुरोट खल्तिमा। कोठामा पुग्ने बित्तिकै जुत्ता खोलेर बेडमा पल्टीए उनी आफ्नोपनको अाभास सँगै खै कति बेला निदायछु थाहै भएन।।
अकस्मात फोनमा घण्टी बज्यो।
केही मिठो वात गर,रात त्यसै ढल्किदैछ।।
भरे फेरि एकान्तमा, रुनु त छदै छ।।
केही मीठो वात गर……
केही मिठो वात गर,रात त्यसै ढल्किदैछ।।
भरे फेरि एकान्तमा, रुनु त छदै छ।।
केही मीठो वात गर……
यहि गित बज्दै थियो, स्वर्गीय स्वार सम्राट नारायण गोपालको अनि मेरो सबै भन्दा धेरै मन पर्ने गित।
फोन हेरेँ साथी को रैछ।
"हेल्लो"
"के हो पुगेको खबर पनि छोड्नु छैन है।"
"भर्खरै बिबाहित जोडिलाई डिस्टर्व नगरौं कि भनेर नी।" उल्टै उसैलाई जिस्क्याएँ।
"ल ल भयो ठिकसँग पुगिस नी।"
"उम्म त्यस्तै ६:०० बजे तिर आई पुगेको,कोठामा आयर सुतेको निदायछु यार उठाइदिस् थ्याङ्स। अब केही खान्छु।"
"हस् वाई"
"वाई, बुढिलाई धेरै दुख नदिएस्।"
"चुप लाग साले।"
उसले फोन राख्यो अनि म हाँसे, मनमनै यस्तै सोच्दै थिए कि "साले त तँ पो मेरो, म त तेरो बहिनीको बूढो।"
फोन खाटको एका तिर मिल्क्याएँ र अघि किनेको चुरोटको बट्टाबाट एउटा चुरोट निकले, खै किन किन आज चुरोटमा छुट्टै सुगन्ध थियो पहिले भन्दा फरक।। म पनि साँच्चिकै पागल नै भएछु चुरोटमा पनि उसैको आभास भेट्न थाले।मेरी मुस्कान साँच्चिकै मेरो मुस्कानको कारण बन्न पुगेकि थिई। मेरी मुस्कान, हुन त उ सँग यति परिचित त थिईन तर आफैले उसको नामाकरण गरीदिए बिना लगन बिना पण्डित नै, सिर्फ मेरी मुस्कान।। एक्लै मुस्कुराउदै म चुरोट तान्दै थिएँ, मानौं त्यो चुरोट नभएर मुस्कानको ओठ थियोे, अनि म ती ओठहरुको रसपानमा मस्त थिएँ। चुरोट सकियो अनि ओठहरु चुमेको आभास पनि।।
खाजामा अघिको चाउचाउ उमालेर खाए। धेरै दिन भयको थियो मैले फेसबुक नहेरेको त्यसैले बेडमा उत्तानो पर्दै लग इन गरे मेरो ID। १० ओटा नोटिफिकेसन् देखे सायद सबै बिबाह को फोटाहरु थिए, अनि मलाई पनि कुनै कुनै ट्याग।। तिनै बिचमा अर्को नोटिफीकेसन थियो, "Someone wants to connect with you."
profile हेरेँ सिर्फ नाम बाहेक केही थिएन, नाम थियो "Yours Someone" नाम देख्दैमा अचम्म लाग्यो, त्यसैले म्यासेजमा आँखा दौडाएँ। यस्तो थियो पहिलो म्यासेज……………
"आउनुस आज रात भरी तारा गनेर बसम्।।
यो तारा मेरो, त्यो हजुरको त्यस्तै भनेर बसम्।।"
मिठो लाग्यो मलाई यो शब्दहरु त्यसैले म्यासेज रिक्वेस्ट accept गरेर like पठाएँ।
उताबाट रिप्लाई आयो "thank you" सायद someone online मै थिइन।
"उम्म राम्रो लाग्यो शब्दहरुको presentation."
"thank you, खाना खानु भयो त।"
नखाए पनि खाए भनिदिएँ, "अनि तिमीले।"
"मैले पनि खाएँ।"
अब के भन्ने एक त उसलाई मैले चिनेको छैन, न त देखेको नै। अनि मलाई नयाँ मान्छे सँग बोल्ने idea खासै छैन।।
मैले केही रिप्लाई गरिन, त्यसैले होला
"ल ल हजुर त बिजी मान्छे मैले किन डिस्टर्व गर्नु।"
"होइन त्यस्तो त मलाई नयाँ मान्छे सँग बोल्नै गाह्रो पर्छ त्यसैले।"
"लौ हामी अन्जान कहाँ हौं र मैले त चिनेको छु हजुरलाई।"
यो कुराले मनमा कौतुहलता जाग्यो तर केही सोध्न नपाउँदै उनी off भई सकेकि थिईन्। मनमा एक एक गर्दै उ को हो त भन्ने कुराको कल्पना आइरहे तर त्यो कल्पनालाई उछिन्दै मेरी मुस्कानको कल्पनामा हराउन थालेँ म।।
सायद रात पनि धेरै नै भैसकेको थियोे, त्यसैले सुत्ने सोच गरि मोबाइलको गित बजाएँ……
"केही मिठो वात गर,रात त्यसै ढल्किदैछ।।
भरे फेरि एकान्तमा, रुनु त छदै छ।।
केही मीठो वात गर……"
भरे फेरि एकान्तमा, रुनु त छदै छ।।
केही मीठो वात गर……"
एक चुरोट झिकेर सल्काएँ तर उनकै कल्पनामा लिप्त म, के चुरोट मिठो लाग्थ्यो र। खान मन लागेन अनि फालिदीएँ एक सर्को मात्रै तानेर। खै कतिबेला निदाउन पुगेछु थाहै भएन, सायद नारायण गोपालको गित सँगै म सपनीमा फेरि तिनै मुस्कानहरु सँगै हराउन पुगें। लाग्थ्यो त्यो नयन अनि त्यो हाँसोहरुले मलाई नै गिज्याउदै छन्।
एक्कासि मोबाइलको आलराम बज्यो म ब्यूझिएँ, सपनाको सँसार बाट अनायासै उनलाई गुमाउन पुगें।। जसको चाहतको भोको थिएँ म।
कलेज सकिएकाले सानो काममा आबद्ध थिएँ म काठमाडौं बागबजारमा, दिनचर्या यस्तै थियो अफिस कोठा अफिस कोठा सधैं उस्तै।।
पुन २,४ दिन पछि म्यासेज देखेँ fb मा someone को, तर बोल्न मन लागेन सोचेर कि कोही आफ्नै साथि हुनु पर्छ यो। तर फेरि अर्को म्यासेज आयो "बोल्नै नहुने जस्तो ल ल हजुरकै मान्छे सँग बिजी हुनु।"
एक पल त रिस उठ्यो तर किन किन यो झुर्कीमा आफ्नो पनको आभाष भयो अनि फेरि लेखेँ "सरी आज अलिकति टाउको दुखेको छ त्यसैले।"
"medicine khanu vayo."
अचम्म लाग्यो उसको care गरेको देख्दा त्यसैले सोधेँ
"तिमी कतिमा पढ्छौ।"
"म ब्याचलर 2nd year अनि हजुर नी"
"मेरो मास्टर सकियो।"
" साँच्चै हजुर कता बस्नु हुन्छ।"
"म काठमाडौ, अनि तिमी।"
"पोखरा"
उसले छोटो उत्तर दिई, म के सोधम् अब सोच्दै थिएँ, उतै बाट म्यासेज आयो।
"अँ साँच्ची हजुरको नाम चाहिँ के हो नी।"
"मनसुन।" मैले छोटो उत्तर दिएँ।
"साँच्चै हजुरले medicine खानु भयो कि झुट बोल्नु भएको।"
"लौ मैले किन झुट बोल्नु तिमी सँग।"
"हजुरले झुट बोल्दै हुनुहुन्छ,I know you don't like medicine xo झुट नबोल्नु।"
अचम्म लाग्यो मेरो यो बानी मेरो आफ्नो नजिक को मान्छे बाहेक अरुलाई थाहा थिएन, को थिई उ मलाई थाहा पनि भएन त्यति भनेर उ off भएकि थिई। म को थिई उ, सोच्ने कोसिसमा थिए तर सकिन अँह सक्दै सकिन।
पुन १५ मिनेट पछि म्यासेज आयो
"sorry mobile off vayo so."
मैले अरु केही सोचिन र सोझै तिमिलाई मैले चिन्न सकिन नाम के हो भनेर सोधे।
तर रिप्लाई मा कुनै फोटो आयो खोलेर हेर्दा मेरै थियो, जुन पछाडि बाट खिचिएको थियो तर कहाँ त्यो थाहा पाउन सकिन।
"मैले पुन सोधेँ को हौ तिमी, नाम केहो तिम्रो।"
उसले छोटो उत्तर दिई,
"मुस्कान"
यो जवाफले अचम्म लाग्यो कतै मैले नै नाम राखेको मेरी आफ्नी मुस्कान त परिन तर केही भन्न सकिन।
केही क्षणमा फेरि अर्को फोटो आयो जहाँ म कुनै बच्चा सँग जिस्कदै थिएँ।। अनि तल म्यासेजमा लेखिएको थियो,
"मेरो दादाको हुने बाला ज्वाइँ, अनि किस गरेको स्टिकर।"
म्यासेज त पढे तर रिप्लाई को लागि कुनै शब्द भेटिन, किन किन मन रमायो तर म डराएँ किन थाहा भएन।। त्यस्तै ५ मिनेट पछि डरायरै भएपनि पानको पात रिप्लाई गरे, जति वेला सम्म उ अफ भै सकेकि थिई।।
उसको आगमन थियो यो पहिलो,


Comments
Post a Comment