गजल ।।






मैले तिमीलाई नसम्झेको, त्यस्तो कुनै रात छैन।।
हाम्रो जस्तो अजम्बरी, यस्तो कुनै साथ छैन।।

कसरी भुल्यौ ती कसम, जुन हात समाइ खाएकी थियौ;
साथ टुट्यो सँगैका ती, माया गर्ने हात छैन।।

अनौठो नसा थियोे, नयन अनि बोलिहरुमा;
त्यो नसालाई भुल्न सकु, नसालु कुनै मात छैन।।

बेकदर मायाको घर; सजाउनु गल्ती मेरो;
यो भन्दा ठुलो सबुत, अरुकुनै काग-जात छैन।।

मेरो घर जलाई उसको, आँगन उज्यालो पार्दै छौ रे;
बधाई छ सफल रहोस् जीवन, अरु कुनै बात छैन।।


- मनसुन ।।
सुन्दरबजार ०५, लमजुङ
श्रावण २१, २०७४, रात ९:००

Comments

Popular posts from this blog

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

गजल।।