सायद गल्ती थियोे मेरो हाम्रो काहनीको मुख्य पात्र सिर्फ म थिए, जुन मैले थाहा पाउन सकिन……
सायद गल्ती थियोे मेरो; हाम्रो काहनीको मुख्य पात्र सिर्फ म थिए, जुन मैले थाहा पाउन सकिन……
हो तिम्रो होइन यो सिर्फ मेरो गल्ती थियो। म तिमी लाई गलत देखाई आफू पन्छिन चाहन्न ता की म आफूलाई माहन बनाउन सकु। हुन त मेरो जन्म त्यस्तो कुनै अद्भुत थिएन; एक सामान्य परिवारको कान्छो छोरा थिए म। सायद यो नै कारण थियोे कि मैले कहील्यै आफुलाई कमजोर सोचिन। म सँग मायालु हात थियो, जुन सँगै जिवनका पाईलाहरुमा पाईला चाल्ने एउटा साहास थियो। हो ती हात हरुको साथ साँच्चै प्यारो थियोे; मेरो बाबाको हात। अनि मेरा हर गल्ती लाई माफी दिने अनि हर गल्ती हरुमा मलाई बचाउने मेरो प्यारी आमाको काख। कति पल डराउदा लुकेको थिए ती अँगालोहरुमा, अनि म बिरामी हुदा जागै बसेर मेरो ख्याल राख्ने ती ममता रुपी हातहरु; हो आमा आज पलपल याद आई रहेछ ती पलहरु एक्लै यो खाटमा म पिडाहरुले छट्पटीदा। अनायासै मन दुख्यो अनि सम्झन पुगे यो मध्यरातमा मलाई मायाले पुल्पुलायर ठूलो बनायका ती हात अनि मायालु साथहरु ।।
घडीले १:४३ बजाई सकेछ तर आँखामा निन्द्र छैन। पिडाहरुमा छट्पटी रहेको छु, मुटु घोचि रहेको छ, अनि यो पिडाले मलाई सम्झाई रहेछ मेरो घरको माया जुन कतै पर छुटेको छ मेरो जिन्दगीको दैडमा। काठमान्डौ सपनाको सहर तर खै कसले यो अनौठो नाम दियो यसको हजारौं को सपना टुटाउछ त को ही एकको पूरा गराउछ यो सहर। अाज अाफ्ने घर सम्झेको छु मलाई हुर्काउन मलाई धुमाउन आफ्नो पिठमा बोकेर खेलाउन लग्ने मेरी प्यारी दिदी। सायद आज सँगै भयको भए मेरो पिडामा आफू तड्पनु हुन्थ्यो, आफ्नो आँसु लुकाउने कोसिसमा मेरो आँसु पुछ्नु हुन्थ्यो। अनि मेरो प्रेरणा मेरो दुई दाजुहरु आफूलाई सम्हाल्दै मेरो पीडा बाँड्नु हुन्थ्यो र अनि मेरा दुई भाउजू पनि। आज त्यो साथ सम्झदै छु निदाउने प्रयासमा केही sleeping pills अनि यो पीडा भुल्न painkiller एक घुट्को पानी सँग निल्छु मन भरी परीवारको माया अनि आफ्नै जीवन सँगै हराउने प्रयास गर्छु यो पिडालाई जितेर फेरि उठ्न।
सपनाको सहर काठमाडौ, म पनि कयौं सपना बोकेर आएको यहाँ, परिवारको मायालाई कतै मुटुमा सम्हाली त कतै याद हरुमा समेटी। १०+२ पछीको मेरो विधार्थी जीवन यही सुरु भयो कति साथिहरु बने त कति छुटीए। यसरीनै मैले मेरो ३बर्से ब्याच्लर समाप्त गरे मुख्य विषय अंग्रेजी लिएर। जीवन नै हो बहन्छ पानी जस्तै कहिले बाढी त कहिले शान्त। मैले बिस्तारै मास्टर पढ्ने सोचमा समाजशास्त्र मुख्य विषयमा सरस्वती कलेजमा जीवनको अर्को पहल सुरु गरे मेरो सपनाहरु अनि परिवारको चाहनाहरु बोकेर यश बिच धेरै सपना सजिए कति टुत्रिय त कति पुरा भए। हो ति सपनाहरुमा सजिन पुग्यौ तिमी सायद यो म आफैंलाई थाहा थिएन, एक छिनको चिनाजानी यो अनौठो स्वारुपमा परिवर्तन हुन्छ।
मलाई तिम्रो बोली मन पर्न थालेको थियो जुन बाट सरलता झल्कन्थ्यो, तिम्रो हाँसो मन पर्न थालेको थियोे जहाँ मधुरता झल्कन्थ्यो, म पल पल हरपल पागल हुँदै गए तिनै नयनहरुको; लाग्थ्यो ती नजरहरु मलाई नै गिज्याई रहेका छन् कालो फ्रेमको चस्मा भित्र लुकेर मलाई नै खोजी रहेका छन्। म प्रेमी भयको थिए तिम्रो। सायद माया गर्न थालेको थिए।
हो तिमीलाई माया गर्न थालेको थिए त्यो पल बाट नै जुन पल तिमी तिम्रो कुरा भन्थ्यौ म सुन्थें अझ भनौं म पढ्थे ती फेसवुकका च्याटहरुमा। म सोधि रहन्थे तिमी भनी रहन्थ्यौ हर कुरा मलाई मन पर्थो तिम्रा हर कुरा। तिमी गाउँ जादा अन्जान मान्छेले गालि गर्दा रोएको, गोठ जादा लडेर चस्मा भाचिएको हर कुरा मलाई यो कुरामा नै तिम्रो माया छ भन्ने लाग्थ्यो। म बिरामी हुदा ख्याल राख्नुस् ल भन्दा साँच्चै ख्याल राख्ने गर्थे। मैले मेरो परिवार पछिको तिमी पायको थिए मेरो ख्याल राख्ने मान्छे अनि मैले माया गर्ने मान्छे।
मैले माया गरेको थिए चोखो माया जुन तिमीलाई थाहा थियोे र मलाई बिश्वास थियो तिम्रो ख्याल नै मेरो लागि माया थियो। हुन सक्छ तिमीले मेरो माया नस्विकार्नु को कारण ठुलै होला जुन परिवारको चोखो मायामा हुर्कियौ त्यसमा अविस्वास नधुलाउनु होला। हुन सक्छ मेरो यो काहनीमा तिमी थिइनै तर तिम्रो साथ थियो हाम्रो पहिलो भेटबाटै।।।।तिमी बाध्य होलाउ। यसमा तिम्रो गल्ती छैन मैले बदलामा तिमी बाट माया नपाउनु। सारा गल्ती मेरो नै थियो। तिम्रो ख्याल लाई माया सोच्नु, र पनि म माया गरि रहन्छु, ती सरलता कहील्यै नगुमाउनु, हाँसोको कन्चनतामा कहील्यौ अविस्वास नधुलाउनु, ती लजालु नयनहरुमा सपना सजाउन कहिल्यै नछाड्नु, अनि ती चस्मा भित्र लुकेर मेरा आँखाहरुलाई गिज्याउन कहिल्यै नछोड्नु। मलाई बिस्वस छ मेरो माया एकोहोरो पक्कै होइन, आफ्नै मनलाई बुझ्ने प्रयास गर्नु।।
पीडा कम हुदैछ, अनी आँखा शिथिल सायद अौषधी ले काम गर्दै थियो।।।।
शुभ रात्रि मैले माया गरेको मान्छे र गरिरहनेछु।।।।।
- मनसुन ।।
सुन्दरबजार_०५, लमजुङ
श्रावण १५,२०७४ रात ०२:३०

Comments
Post a Comment