मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। भाग १……

photo sources: Instagram

चाहना अनौठो उनलाई चाहनु।।
छुन नसकिने त्यो जुनलाई चाहनु।।
……………………
……………………
………………………

मन दुख्यो, अतितले छाति पिरोल्यो र आज फेरि उनलाई नै सम्झन पुगें। मेरो शब्दहरुमा यसरीनै बुनिन प्रयासरत थिई उ आज पनि सदा झै……

यो मध्यरातमा आकासका ताराहरुमा हराउँदै त्यहि तारा टीपी शब्दहरुलाई रंगाउने मेरो प्रयास असफल गराउन, उ अनायासै मेरो सम्झनामा यसरी बुनिन आई कि, म शब्दहरुसँग भुल्न छोडेर आकासको ताराहरुमा, अनि त्यो कालो रातको घुम्टोबाट मलाई नै चिहाई रहेको जुनमा सिर्फ उसैको मुहारको झलक खोजि रहे आजको यथार्थलाई भुलेर उसैलाई खोजीरहे।। मैले माया गरेको मान्छे, मन मुटुमा सजायको मान्छे………

आज उ टाढा छे धेरै टाढा सायद त्यसैले होला झन् झन् माया गाढा हुदैछ मेरो मानमा, कतै सुनेको थिए सबै कुरा सबैमा सर्बसम्पन्न हुदैन रे तै पनि धेरै प्यारो हुन्छ रे। मेरो पनि उ प्यारी भएकि थिई तर एक अधुरो काहानीको सुन्दर पात्रको रुपमा।। मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।।

आँखाबाट आँसु झर्‍यो कपिका पज्ना हरु भिजाउदै, सायद रोयर आसुले अतीत पखालिने भए अाज जिन्दगीको पुरानै यादहरुमा रुमाल्लीदैन थियोे होला।।

अझै पनि याद छ मलाई त्यो पल जुन पल उसको र मेरो भेट भएको थियो। सायद उ पनि त्याहा नै प्रस्तुत भएकी थिइ जहाँ उ सँग मेरो भेट नहुनु पर्ने थियो। थाहा थिएन उ त्यँहा आउनु उसको गल्ती थियोे या अरुलाई छोडी सिर्फ उसैमा आँखा ठोक्किनु मेरो गल्ती। गल्ती जो सुकैको होस् तर पनि अनौठो मिठास थियोे त्यो गल्तिहरुमा। म उसलाई अाफ्नो नजरमा कैद गर्न मै ब्यस्त थिए कतै आफैंलाई भुलेर। म उसको मृग नयनी नजरहरुको नशाहरुमा लठ्ठ थिए। पर बाटै ती पाताला रसिलो कलात्मक अोठहरुको सोमरस पिउनमा ब्यस्त थिए, आफ्नै कल्पनाको संसारमा।। अहँ उसको त्यो हाँसो भुल्नु मेरो लागि कदापि स्विकार्य छैन बरु पल पल आफैले आफैंलाई भुल्न स्विकार्य छ। यस्तै कल्पनाको सागरमा डुबुल्की मार्दै यथार्थतामा हराउन पुगेछु।।

"साले तलाई अरु केही कुराको मतलब छैन है, जति बेलाकै कोही राम्री केटी देख्न पाए पुग्छ।"
यो आबाजले अकस्मात झस्कन पुगे अनि पुन कल्पनाको सागरबाट यथार्थतामा पाईला टेक्दै आफैलाई सम्हाल्दै रहें।

"होइन, त्यस्तो होईन बैजत नगर्न यार।"

"त्यस्तो नभए कस्तो त ल भन्।"

उसले यति भन्दा यति रिस उठेको थियो कि मन मनै त साले तँ बल भएको भए जानेको थिए, एक लाद हानेर यी यस्तो हो भन्ने थिएँ।। तर भन्न सकिन उ मेरो आत्मिय मित्र थियो, जो सँग मेरो मुटु जोडिएको थियो।

"साले तलाई मेरो बिवाहा मा त मोज भाको छ है, अझ त्यतिले पनि भएन भनेर मेरै बहिनीलाई घुर्नुपर्ने।"

"ते रो बहिनी साले जे पि टी नबोल त तँ कताको कुच्चिएको डेक्चि जस्तो उ साक्षात सुन्दरी।"

हाँस्दै भने तर सारै भने जस्तै फिल भयो, उ पनि के कम। बहिनीलाई घुर्दै बसेको भन्दैछु भन्दै उतै गयो।
"साले आखिर भाग्यमा त लेखेरै आको रैछस् मलाई ज्वाई बनाउने सौभाग्य पाउदैछस्।"
मन मनै सपना सजाए, उसै सँगै घर सजाए जसको सिर्फ हाँसो सँग परिचीत थिए म, उसको बोली सँग होइन ।।

म अन्जान नै थिए उनी बाट।
उ बहिनीलाई केही भन्दै थियो लाज लाग्यो। त्यसैले त्याहाँ बाट कोठामा गए त्यो हल्ला बाट टाढा। काठमाडौ बाट लम्जुङ सम्मको यात्राको थकान भुलाउने सोचमा बिछ्यौनामा पल्टिएँ, कतिबेला निदाएछु थाहै भएन।।

बेलुका ढोकाको ढकढक उनी खाना खान आउनुस अरे भन्ने सुमधुर आवाज सुन्न पुगे, जुन मुहारले मलाई मोहित पारेको थियो त्यही मुहारको बोली होस् भन्ने कामना का साथ ढोका खोलेँ।। जहाँ साक्षत परी उभिएकी थिई मेरो दस्तकमा।।

मैले उसलाई सिर्फ हेरी रहे मात्र बोल्न केही सकिन, त्यो मधुर सुन्यतालाई चिर्दै पुन उसको बोली मेरो कानमा पर्न पुग्यो।।

"मामुले खानामा बोलाउनु भएको छ आउनुस अरे मेरो दादाको हुनेवाला ज्वाइँ मान्छे।।"

कस्तो मिठो लाग्यो मलाई उसको बोली त्यो पल जब उ लजाउदै मेरो दादाको ज्वाइँ भन्दै मेरो नजरबाट लुप्त भई म सिर्फ हेरी रहे मेरी परीलाई।।


मेरो दादाको हुनेवाला ज्वाइँ मान्छेे शब्द फेरि दोहोर्‍याएँ र आँफै मुसुक्क मुस्कुराएँ।।।।।।।।।।


भाग २ को लागि प्रतीक्षा गर्नुहोला ।।
Photo Sources: Katha Image

Comments

Popular posts from this blog

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

प्रेममा मौनता।।।। सुबिन भट्टराई……