Posts

Image
मन परे share गरौ है YES VIRGINITY MATTERS TO ME" Photo : Google YES VIRGINITY MATTERS TO ME" आफुलाइ जन्म दिने बावुआमालाइ ढाँटेर तिमी सङ्ग सुत्ने केटीले तिमीलाइ धोका दिन्न भनेर कसरी मान्नु ?" मलाइ पढाउने ए उटा सरले भन्नु हुन्थ्यो ।कुरा ठिक पनि हो । If you make physical relation with anybody and later on he dumps you, please dont say : "त्यसले मलाइ use गरेर छोडिदियो" । You did it together. So, you used"eachother"It was not a rape. It was a sex afterall.Yes, I respect girls but तपाइको इज्जत तपाइकोघरको इज्जत पनि हो । यदि तपाइ सङ्ग सुत्नकै लागी लगाइएको मायाको लागी आफ्नो इज्जत त्याग्न तयार हुनुहुन्छ भने, please dont say : "त्यसले मलाइ धोका दियो" । Cause धोका त तिमीले पनि दिएकै हो आफ्नो परिवारलाइ, आफुलाइ जन्म दिने आमा बावुलाइ, आफ्नो ज्यान फालेर तिम्रो इज्जतको रक्षा गर्नेछु भनेर कसम खाएको आफ्नोदाइ भाइलाइ ।Yes, I respect girls but कसैले तिमिलाइ सुताएर धोका दियो भने please dont say :"उसले मलाइ रुवाएर गयो". Dont act childish
म कायर कि बलवान्।।। सायद त्यो दिन म भुल्न सक्दिन।। त्यो दिन अंहँ म कदापि भुल्न सक्दिन; त्यो समाप्ति थियो, मेरो बाबाको सपनाको अनि आमाको चाहनाको।।। खै?? म आँफै कायर थिएँ या बलवान् खै कसरी पो पलायो त्यो हिम्मत।। म त डरपोक थिए, जब मामुले भन्नुहुन्थ्यो !.. बाबू जा त सिरानको तलामा राखेको मकै लेरा अनि म भन्थे नाई मलाई मुसाले खान्छ।। है कस्तो काएर थिएँ।।। म त्यस्तो डरपोक तर खै आज कसरी म यस्तो भएँ थाहै भएन म बलवान् कि डरपोक।।। त्यहि सिरानको तलामा सुकाई राखेको पाट, जब समाते नि मलाई आभाष नै भएन बाबाको हातले बटारी एक बलियो डोरीको रुप लिएको बाबाको हातको फोराहरुले अनि पसीनाहरुको थोवा थोपाले सिन्चिएको।। म काएर होईन, साँच्चै होइन।।। मैले जे गरे त्यो काएरता ले सक्दै सक्दैन अँहँ सक्दै सक्दैन, आमाको वक्षस्थलको आड लिएर बाबाको पिठ चढी ती सपनाहरुको गला घोटेको छु।। आफ्नै गलामा हाँसी हाँसी, फन्दा हालेको म।। सँच्चै म काएर होइन ।। म काएर होइन।।। मनसुन ।।। सुन्दरबजार ०५, लमजुङ ।।

गजल।।

Image
गजल।। मौनता सँगै यो रात, ढल्दैछ सुस्तसुस्त।।(१५) अनि यो रातमा नशा, चढ्दैछ सुस्तसुस्त।।(१५) पिउने बानी छैन हमेसा, सराबी त मनी होईन;(१९) तिम्रै नसामा लठ्ठी दिल, लड्दैछ सुस्तसुस्त।।(१६) कसरी रोकुँ यो दिललाई,जुन तिम्रै बाटो कुर्ने गर्छ;(२०) संसार भुली दिल तिम्रै अघि, बढ्दैछ सुस्तसुस्त।।(१८) मौन रही अोठहरु, यति धेरै माया गर्यौ;(१६) मायालु आँखाको भाषा यो दिल, पढ्दैछ सुस्तसुस्त।।(१८) - मनसुन ।। सुन्दरबजार_०५, लमजुङ फाल्गुन १५,२०७३ दिन २:५०.

गजल ।।

Image
मैले तिमीलाई नसम्झेको, त्यस्तो कुनै रात छैन।। हाम्रो जस्तो अजम्बरी, यस्तो कुनै साथ छैन।। कसरी भुल्यौ ती कसम, जुन हात समाइ खाएकी थियौ; साथ टुट्यो सँगैका ती, माया गर्ने हात छैन।। अनौठो नसा थियोे, नयन अनि बोलिहरुमा; त्यो नसालाई भुल्न सकु, नसालु कुनै मात छैन।। बेकदर मायाको घर; सजाउनु गल्ती मेरो; यो भन्दा ठुलो सबुत, अरुकुनै काग-जात छैन।। मेरो घर जलाई उसको, आँगन उज्यालो पार्दै छौ रे; बधाई छ सफल रहोस् जीवन, अरु कुनै बात छैन।। - मनसुन ।। सुन्दरबजार ०५, लमजुङ श्रावण २१, २०७४, रात ९:००

गजल।।

Image
गजल।। हरपल उनकै आभाष आउँछ यो मध्यरातमा।। किन त्यही आभाष खास लागउँछ यो मध्यरातमा।। उनकै सम्झनामा सिरानी अँगालोमा बेरेको पल; सम्झदा जिन्दगी मै मिठास छाउँछ यो मध्यरातमा।। उनको मुहार उनको बोली अनि त्यो हाँस्ने सैली; पलपल हरपल उनैको गुन गाउँछ यो मध्यरातमा।। दिन नबोलेरै उनी सँग लजाएरै बितिजान्छ; चिसोहावाले अोठ छुदा तिम्रै आभाष लाउँछ यो मध्यरातमा।। - मनसुन।। सुन्दरबजार ०५, लम्जुङ ३१ भाद्र, २०७४, बिहान १०:००, शनिबार।। ९८४९९११८०३ Like my Facebook  page for more update... https://www.facebook.com/mansoonme/

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

Image
"मेरो दादाको हुने बाला ज्वाइँ, अनि किस गरेको स्टिकर।" म्यासेज त पढे तर रिप्लाई को लागि कुनै शब्द भेटिन, किन किन मन रमायो तर म डराएँ किन थाहा भएन।। त्यस्तै ५ मिनेट पछि डरायरै भएपनि पानको पात रिप्लाई गरे, जति वेला सम्म उ अफ भै सकेकि थिई।। उसको आगमन थियो यो पहिलो,  मेरो जिन्दगीमा ।।।। Photo sources: Instagram  ऊ अफ् भै सकेकी थिई, तर मेरो मनमा अनौठो नोटिफिकेसनको घण्टी बजाएर। जसलाई मैले न त भुल्न सकेको थिएँ न त इग्नोर गर्न नै। अब मेरो दैनिकी बनेको थियो बिहान उठे पछि म्यासेजको च्याट बक्समा मुस्कानको मुस्कानलाई खोज्नु। उ कहाँ गै मलाई अधुरो सपनामा रुमाल्याएर, मेरो मनको कुनामा कतै मायाको घण्टी बजाएर, कहाँ गै सिर्फ मलाई तड्पाएर। अब उसैलाई कल्पन थाल्ने भएको थिएँ, उसैको यादमा तड्पन थाल्ने भएको थिएँ, गित गजल हर सबै मा उसैको बर्णन गर्थें। उसको हाँसो मा लुकेको कन्चनता अनि गाजलुहरुले सजिएका आँखाहरुको नसामा चुर्लुप्त थिएँ म, आफ्नो बास्तबिकता भुली, यो संसार बाट आँफुलाई अलग्याई।। अाज सायद उसको म्यासेज पढ्न नपाएको पनि १ महिना बढी बितिसकेको थियो। किन हराई उ अक

प्रेममा मौनता।।।। सुबिन भट्टराई……

Image
सुबिन दाईको कथा ।।। आँखाहरूलाई डुलाए, मुटुहरू जुधाए । दुई अलग मान्छे, मान्छेबाट आफैँलाई प्रेमी बनाए । प्रेमिका बनाए । आजकाल जति सजिलो प्रेम हुन हुन्छ, त्यति गाह्रो प्रेम टिक्न हुन्छ । युवायुवती सुरु–सुरुमा प्रेमलाई नशाजत्तिकै बनाउँछन्, अनि पछिपछि त्यै प्रेम दशा भो भनी चिच्याउँछन् । अत: म भन्दै थिएँ, दुई नर–नारी प्रेमी र प्रेमिका भए । सुरु–सुरुमा के हुन्छ भने प्रेमले भोकाएपछि खान पाएको मीठो खानेकुराको पहिलो गाँसजत्तिकै आनन्द दिन्छ । प्रेमीलाई प्रेमिकाले जे बोले पनि ठीक लाग्छ र प्रेमिकालाई पनि त्यस्तै । बिस्तारै उनीहरूलाई प्रेम अघाएको मानिसलाई चिनी तीतो लागेझैँ लाग्न थाल्छ । पहिले–पहिले संवाद हुन्थ्यो, अब विवाद हुन थाल्छ । ल यहाँसम्म ठीक छ । दुई अलग मान्छेको सोच एउटै कहाँ हुन्छ ? एउटै गति, एउटै दिशामा फरक–फरक मान्छे हिँड्न कहाँ सक्छ ? यदि त्यस्तो हो भने संसारमा विविधता खोइ ? प्रत्येक मान्छे अर्को मान्छेबाट अलग छ, भिन्न छ र यहि नै प्रकृतीको नियम हो र, यही जरुरी पनि छ । तर बेठीक तब हुन थाल्छ, जब उनीहरूबीच न त संवाद हुन्छ, न विवाद नै हुन्छ । विवादसम्म हुनु भनेक