Posts

Image
मन परे share गरौ है YES VIRGINITY MATTERS TO ME" Photo : Google YES VIRGINITY MATTERS TO ME" आफुलाइ जन्म दिने बावुआमालाइ ढाँटेर तिमी सङ्ग सुत्ने केटीले तिमीलाइ धोका दिन्न भनेर कसरी मान्नु ?" मलाइ पढाउने ए उटा सरले भन्नु हुन्थ्यो ।कुरा ठिक पनि हो । If you make physical relation with anybody and later on he dumps you, please dont say : "त्यसले मलाइ use गरेर छोडिदियो" । You did it together. So, you used"eachother"It was not a rape. It was a sex afterall.Yes, I respect girls but तपाइको इज्जत तपाइकोघरको इज्जत पनि हो । यदि तपाइ सङ्ग सुत्नकै लागी लगाइएको मायाको लागी आफ्नो इज्जत त्याग्न तयार हुनुहुन्छ भने, please dont say : "त्यसले मलाइ धोका दियो" । Cause धोका त तिमीले पनि दिएकै हो आफ्नो परिवारलाइ, आफुलाइ जन्म दिने आमा बावुलाइ, आफ्नो ज्यान फालेर तिम्रो इज्जतको रक्षा गर्नेछु भनेर कसम खाएको आफ्नोदाइ भाइलाइ ।Yes, I respect girls but कसैले तिमिलाइ सुताएर धोका दियो भने please dont say :"उसले मलाइ रुवाएर गयो". Dont act childish...
म कायर कि बलवान्।।। सायद त्यो दिन म भुल्न सक्दिन।। त्यो दिन अंहँ म कदापि भुल्न सक्दिन; त्यो समाप्ति थियो, मेरो बाबाको सपनाको अनि आमाको चाहनाको।।। खै?? म आँफै कायर थिएँ या बलवान् खै कसरी पो पलायो त्यो हिम्मत।। म त डरपोक थिए, जब मामुले भन्नुहुन्थ्यो !.. बाबू जा त सिरानको तलामा राखेको मकै लेरा अनि म भन्थे नाई मलाई मुसाले खान्छ।। है कस्तो काएर थिएँ।।। म त्यस्तो डरपोक तर खै आज कसरी म यस्तो भएँ थाहै भएन म बलवान् कि डरपोक।।। त्यहि सिरानको तलामा सुकाई राखेको पाट, जब समाते नि मलाई आभाष नै भएन बाबाको हातले बटारी एक बलियो डोरीको रुप लिएको बाबाको हातको फोराहरुले अनि पसीनाहरुको थोवा थोपाले सिन्चिएको।। म काएर होईन, साँच्चै होइन।।। मैले जे गरे त्यो काएरता ले सक्दै सक्दैन अँहँ सक्दै सक्दैन, आमाको वक्षस्थलको आड लिएर बाबाको पिठ चढी ती सपनाहरुको गला घोटेको छु।। आफ्नै गलामा हाँसी हाँसी, फन्दा हालेको म।। सँच्चै म काएर होइन ।। म काएर होइन।।। मनसुन ।।। सुन्दरबजार ०५, लमजुङ ।।

गजल।।

Image
गजल।। मौनता सँगै यो रात, ढल्दैछ सुस्तसुस्त।।(१५) अनि यो रातमा नशा, चढ्दैछ सुस्तसुस्त।।(१५) पिउने बानी छैन हमेसा, सराबी त मनी होईन;(१९) तिम्रै नसामा लठ्ठी दिल, लड्दैछ सुस्तसुस्त।।(१६) कसरी रोकुँ यो दिललाई,जुन तिम्रै बाटो कुर्ने गर्छ;(२०) संसार भुली दिल तिम्रै अघि, बढ्दैछ सुस्तसुस्त।।(१८) मौन रही अोठहरु, यति धेरै माया गर्यौ;(१६) मायालु आँखाको भाषा यो दिल, पढ्दैछ सुस्तसुस्त।।(१८) - मनसुन ।। सुन्दरबजार_०५, लमजुङ फाल्गुन १५,२०७३ दिन २:५०.

गजल ।।

Image
मैले तिमीलाई नसम्झेको, त्यस्तो कुनै रात छैन।। हाम्रो जस्तो अजम्बरी, यस्तो कुनै साथ छैन।। कसरी भुल्यौ ती कसम, जुन हात समाइ खाएकी थियौ; साथ टुट्यो सँगैका ती, माया गर्ने हात छैन।। अनौठो नसा थियोे, नयन अनि बोलिहरुमा; त्यो नसालाई भुल्न सकु, नसालु कुनै मात छैन।। बेकदर मायाको घर; सजाउनु गल्ती मेरो; यो भन्दा ठुलो सबुत, अरुकुनै काग-जात छैन।। मेरो घर जलाई उसको, आँगन उज्यालो पार्दै छौ रे; बधाई छ सफल रहोस् जीवन, अरु कुनै बात छैन।। - मनसुन ।। सुन्दरबजार ०५, लमजुङ श्रावण २१, २०७४, रात ९:००

गजल।।

Image
गजल।। हरपल उनकै आभाष आउँछ यो मध्यरातमा।। किन त्यही आभाष खास लागउँछ यो मध्यरातमा।। उनकै सम्झनामा सिरानी अँगालोमा बेरेको पल; सम्झदा जिन्दगी मै मिठास छाउँछ यो मध्यरातमा।। उनको मुहार उनको बोली अनि त्यो हाँस्ने सैली; पलपल हरपल उनैको गुन गाउँछ यो मध्यरातमा।। दिन नबोलेरै उनी सँग लजाएरै बितिजान्छ; चिसोहावाले अोठ छुदा तिम्रै आभाष लाउँछ यो मध्यरातमा।। - मनसुन।। सुन्दरबजार ०५, लम्जुङ ३१ भाद्र, २०७४, बिहान १०:००, शनिबार।। ९८४९९११८०३ Like my Facebook  page for more update... https://www.facebook.com/mansoonme/

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। अन्तिम भाग………

Image
"मेरो दादाको हुने बाला ज्वाइँ, अनि किस गरेको स्टिकर।" म्यासेज त पढे तर रिप्लाई को लागि कुनै शब्द भेटिन, किन किन मन रमायो तर म डराएँ किन थाहा भएन।। त्यस्तै ५ मिनेट पछि डरायरै भएपनि पानको पात रिप्लाई गरे, जति वेला सम्म उ अफ भै सकेकि थिई।। उसको आगमन थियो यो पहिलो,  मेरो जिन्दगीमा ।।।। Photo sources: Instagram  ऊ अफ् भै सकेकी थिई, तर मेरो मनमा अनौठो नोटिफिकेसनको घण्टी बजाएर। जसलाई मैले न त भुल्न सकेको थिएँ न त इग्नोर गर्न नै। अब मेरो दैनिकी बनेको थियो बिहान उठे पछि म्यासेजको च्याट बक्समा मुस्कानको मुस्कानलाई खोज्नु। उ कहाँ गै मलाई अधुरो सपनामा रुमाल्याएर, मेरो मनको कुनामा कतै मायाको घण्टी बजाएर, कहाँ गै सिर्फ मलाई तड्पाएर। अब उसैलाई कल्पन थाल्ने भएको थिएँ, उसैको यादमा तड्पन थाल्ने भएको थिएँ, गित गजल हर सबै मा उसैको बर्णन गर्थें। उसको हाँसो मा लुकेको कन्चनता अनि गाजलुहरुले सजिएका आँखाहरुको नसामा चुर्लुप्त थिएँ म, आफ्नो बास्तबिकता भुली, यो संसार बाट आँफुलाई अलग्याई।। अाज सायद उसको म्यासेज पढ्न नपाएको पनि १ महिना बढी बितिसकेको थियो। किन हराई उ अक...

प्रेममा मौनता।।।। सुबिन भट्टराई……

Image
सुबिन दाईको कथा ।।। आँखाहरूलाई डुलाए, मुटुहरू जुधाए । दुई अलग मान्छे, मान्छेबाट आफैँलाई प्रेमी बनाए । प्रेमिका बनाए । आजकाल जति सजिलो प्रेम हुन हुन्छ, त्यति गाह्रो प्रेम टिक्न हुन्छ । युवायुवती सुरु–सुरुमा प्रेमलाई नशाजत्तिकै बनाउँछन्, अनि पछिपछि त्यै प्रेम दशा भो भनी चिच्याउँछन् । अत: म भन्दै थिएँ, दुई नर–नारी प्रेमी र प्रेमिका भए । सुरु–सुरुमा के हुन्छ भने प्रेमले भोकाएपछि खान पाएको मीठो खानेकुराको पहिलो गाँसजत्तिकै आनन्द दिन्छ । प्रेमीलाई प्रेमिकाले जे बोले पनि ठीक लाग्छ र प्रेमिकालाई पनि त्यस्तै । बिस्तारै उनीहरूलाई प्रेम अघाएको मानिसलाई चिनी तीतो लागेझैँ लाग्न थाल्छ । पहिले–पहिले संवाद हुन्थ्यो, अब विवाद हुन थाल्छ । ल यहाँसम्म ठीक छ । दुई अलग मान्छेको सोच एउटै कहाँ हुन्छ ? एउटै गति, एउटै दिशामा फरक–फरक मान्छे हिँड्न कहाँ सक्छ ? यदि त्यस्तो हो भने संसारमा विविधता खोइ ? प्रत्येक मान्छे अर्को मान्छेबाट अलग छ, भिन्न छ र यहि नै प्रकृतीको नियम हो र, यही जरुरी पनि छ । तर बेठीक तब हुन थाल्छ, जब उनीहरूबीच न त संवाद हुन्छ, न विवाद नै हुन्छ । विवादसम्म हुनु भनेक...

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। भाग २……

Image
मेरो दादाको हुनेवाला ज्वाइँ यो शब्द फेरि दोहोर्‍याएँ र आँफै मुसुक्क मुस्कुराएँ।।।।।।।।।। किन किन यो शब्द निकै प्यारो लाग्न थालेको थियो………… Photo sources: Instagram  बिस्तारै बिस्तारै बिवाहा पनि सकियो उसको, अनि सँगै मेरो बिदा पनि। भोलि बिहानै फर्कनु पर्ने थियोे काठमाडौ, किन किन फर्कन मन थिएन सायद उसैको मुस्कान थियो यसको कारण। तर बाध्यता थियो फर्कनु पर्ने। खै के हुन थालेको थियो मलाई सिर्फ उसैको सुन्दर मुहार आँखाको सामु आउथ्यो, झलझली म उसैलाई सम्झिरहेको हुन्थे। म पागल भएको थिएँ त्यो मुस्कानको, सायद माया गर्न थालेको थिएँ उसलाई जो सँग मेरो नाम सम्मको परिचय छैन।। खै सायद माया भन्ने चिज यस्तै हो कि सिर्फ एक झलक परबाटै हेर्दा पुग्ने, कल्पनामै अँगालोमा उनीलाई बेर्दा पुग्ने………… म हिड्नु पर्ने भयो आउने बेला साथि सँग बिदा मागेँ र फेरि पनि "Happy Married Life" भन्दै अँगालो मा बेरेँ। तर हरपल मेरा आँखाहरु तड्पदै थिए उसको एक झलकको लागि, जसको मुस्कानलाई दिलमा सजायर विदा हुँदै थिएँ। सायद मेरो तडप बुझेर होला साथिले सुटुक्क भन्यो। "बहिनी भाउजुकोमा गा की छे, कपडा लिन।...

मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। भाग १……

Image
photo sources: Instagram चाहना अनौठो उनलाई चाहनु।। छुन नसकिने त्यो जुनलाई चाहनु।। …………………… …………………… ……………………… मन दुख्यो, अतितले छाति पिरोल्यो र आज फेरि उनलाई नै सम्झन पुगें। मेरो शब्दहरुमा यसरीनै बुनिन प्रयासरत थिई उ आज पनि सदा झै…… यो मध्यरातमा आकासका ताराहरुमा हराउँदै त्यहि तारा टीपी शब्दहरुलाई रंगाउने मेरो प्रयास असफल गराउन, उ अनायासै मेरो सम्झनामा यसरी बुनिन आई कि, म शब्दहरुसँग भुल्न छोडेर आकासको ताराहरुमा, अनि त्यो कालो रातको घुम्टोबाट मलाई नै चिहाई रहेको जुनमा सिर्फ उसैको मुहारको झलक खोजि रहे आजको यथार्थलाई भुलेर उसैलाई खोजीरहे।। मैले माया गरेको मान्छे, मन मुटुमा सजायको मान्छे……… आज उ टाढा छे धेरै टाढा सायद त्यसैले होला झन् झन् माया गाढा हुदैछ मेरो मानमा, कतै सुनेको थिए सबै कुरा सबैमा सर्बसम्पन्न हुदैन रे तै पनि धेरै प्यारो हुन्छ रे। मेरो पनि उ प्यारी भएकि थिई तर एक अधुरो काहानीको सुन्दर पात्रको रुपमा।। मेरो प्रेमकहानीको मुख्य पात्र जो मेरो कहानीमा त थिई, तर म उसकोमा कहिल्यै हुन सकिन।। आँखाबाट आँसु झर्‍यो कपिका पज्ना हरु भिजाउदै, सायद रोयर आसुले अत...

गजल …

Image
गजल  … अनौठो   पनले   सतायो   अनि   आज   गजल   लेखें।। एकान्त   पनले   सतायो   अनि   आज   गजल   लेखें।। सोचेँ   कति   घुम्नु   अब   गन्तव्य   बिहीन   यात्री   बनी ; आवारा   पनले   सतायो   अनि   आज   गजल   लेखें।। तिमीले   चुम्ने   गरेका   यी   ओठहरुमा   हावाले   छुदा ; मायालु   पनले   सतायो   अनि   आज   गजल   लेखें।। आफ्नो   लागि   होइन   आफ्नाको   लागि   जिइन्छ   जीवन ; त्यही   आफ्नो   पनले   सतायो   अनि   आज   गजल   लेखें।। - मनसुन ।। सुन्दरबजार ०५ , लमजुङ श्रावण २४ , २०७४ बिहान ०९ : १०

गजल ।।

Image
लेख्ने प्रयासमा जुट्छु कहिलेकाहीँ, थाहा छैन शब्द हरुलाई कति खेलाउन सक्छु ।।।। गजल ।। गुराँसको झै रातो लाली, अधरमा सजाउनु ।।(१७) झनै सुहाउँछ गाजल् पनि, नजरमा सजाउनु ।।(१७) नभुलाउनु ति यादहरु, सम्हालेर राख्नु सँगै;(१८) डोली चढ्ने सिउँदो भर्ने, रहरमा सजाउनु ।।(१७) भुलेको छैन कसम अनि, सजायका ती सपनाहरु;(२०) हाम्रा हर सपनाहरु रंगिन, सहरमा सजाउनु ।।(२०) म यस्तो कथा लेख्छु, हाम्रो प्रेम काहानीको;(१५) माला उने झै तिमी, बहरमा सजाउनु ।।(१५) - मनसुन ।। सुन्दरबजार_०५, लमजुङ फाल्गुन १७, दिन २:५०.

सायद गल्ती थियोे मेरो हाम्रो काहनीको मुख्य पात्र सिर्फ म थिए, जुन मैले थाहा पाउन सकिन……

Image
सायद गल्ती थियोे मेरो; हाम्रो काहनीको मुख्य पात्र सिर्फ म थिए, जुन मैले थाहा पाउन सकिन…… हो तिम्रो होइन यो सिर्फ मेरो गल्ती थियो। म तिमी लाई गलत देखाई आफू पन्छिन चाहन्न ता की म आफूलाई माहन बनाउन सकु। हुन त मेरो जन्म त्यस्तो कुनै अद्भुत थिएन; एक सामान्य परिवारको कान्छो छोरा थिए म। सायद यो नै कारण थियोे कि मैले कहील्यै आफुलाई कमजोर सोचिन। म सँग मायालु हात थियो, जुन सँगै जिवनका पाईलाहरुमा पाईला चाल्ने एउटा साहास थियो। हो ती हात हरुको साथ साँच्चै प्यारो थियोे; मेरो बाबाको हात। अनि मेरा हर गल्ती लाई माफी दिने अनि हर गल्ती हरुमा मलाई बचाउने मेरो प्यारी आमाको काख। कति पल डराउदा लुकेको थिए ती अँगालोहरुमा, अनि म बिरामी हुदा जागै बसेर मेरो ख्याल राख्ने ती ममता रुपी हातहरु; हो आमा आज पलपल याद आई रहेछ ती पलहरु एक्लै यो खाटमा म पिडाहरुले छट्पटीदा। अनायासै मन दुख्यो अनि सम्झन पुगे यो मध्यरातमा मलाई मायाले पुल्पुलायर ठूलो बनायका ती हात अनि मायालु साथहरु ।। घडीले १:४३ बजाई सकेछ तर आँखामा निन्द्र छैन। पिडाहरुमा छट्पटी रहेको छु, मुटु घोचि रहेको छ, अनि यो पिडाले मलाई सम्झाई...